मधुमल्ला । मोरङको मिक्लजुङ गाउँपालिका वडा नं. १ गोगनेमा बिहिबार साझ अचानक आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

मिक्लाजुङ वडा नं. १ गोगनेका सदम राईको घरमा साँझ करिब ७ः३० बजेको समयमा आगजनी हुँदा करिब १५ लाख मुल्य बराबरको क्षती भएको मिक्लाजुङ गाउँपालिका वडा नं. १ वडाध्याक्ष नरबहादुर राईले बताए ।

साँझको समयमा आगजनी भएको र गाउँमा पातालो बस्ती भएकाले आगो नियन्त्रयमा लिन नसक्दा ठुलो क्षती भएको राईले बताए । आगजनी बाट घरमा भएको अन्न पात लत्ता कपडा सबै जलेर खरानी भएको स्थानीय दिपक राईले बताए ।

परिवारको पारिवारीक अवस्था समेत कमजोर भएकाले उक्त परिवारलाई तत्काल खानको लागी २ बोरा चामल, ५ केजी दाल, ३ लीटर तेल , २ केजी नुन र ३ थान म्याट व्याक्तीगत रुपमा उपलब्ध गराएको मिक्लाजुङ गाउँपालीका वडा नं. १ वडाध्यक्ष नरबहादुर राईले बताए । सो परिवारलाई तत्काल बस्नेठाउँको समेत अभाव भएकाले थप साहयता आवस्यक रकेहो बताईएको छ ।