पथरी/ मोरङको कानेपोखरी–६, स्थित मन्त्री चोकमाट्याक्टरको ठक्करबाट एक जनायुवाको घटना स्थलमै मृत्यु भएको छ ।
सिमेन्ट लिएर गईरहेको को २ त ८५६ नम्बरको ट्याक्टरलेको २८ प ८९६७ नं. को मोटर साईकललाई ठक्कर दिँदा कानेपोखरी –७ का मोटरसाईकलचालक २८ बर्षिय शम्भु लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।
कानेपोखी–रंगेली रोडको रमाइलो बजारदेखि पूर्वको भित्री सडकमा ट्याक्टरलाई मोटरसाईकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । ट्याक्टर र चालकलाई भने इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।