धरान । बेलायतको समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रेरणादायी तथा प्रभावशाली महिलाहरूको यस वर्षको सूचीमा बेवारिसे शव जलाउने नेपालकी सपना रोका मगर पनि परेकी छन् । 

नेपालको म्याग्दीकी सपनाले लामो समयदेखि बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतसँग मिलेर काठमाडौंमा बेवारिसे अवश्थामा भेटिने शवहरुलाई पोस्टमार्टमपछि पशुपति आर्यघाट लगेर दागबत्ती दिने र जलाउने गर्दै आएकी छन् ।

बीबीसीले हरेक वर्ष विभिन्न क्षेत्रमा काम गर्दै संघर्ष गरेर सफलता पाएका प्रेरणादायी तथा प्रभावशाली एक सय जनाको सूची सार्वजनिक गर्ने गरेको छ । सामान्यतया हिन्दु संस्कार अनुसार छोरीले दागबत्ती दिनुहुँदैन भन्ने चलन भए पनि उनले भने यो काम गर्दै आएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीले प्रकाशित गरेको १०० महिलाको सूचीमा सपनासँगै फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बेलायती वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ फाङलगायत छन् ।

यसअघि सन् २०१९मा नेपालकी बोनिता शर्मा परेकी थिईन् । उनले बालबालिकालाई कुपोषणबाट बचाउन पोषणमाला बनाएकी थिईन् । सन् २०१८मा वादी नेतृ उमा वादी पनि यो सूचीमा परेकी थिईन् । भने सन् १९१७मा नेपालकी इन्दिरा राना परेकी थिईन् ।

sapna roka