यासोक । पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा पानी चोरी गर्नेलाई पाँच हजार जरिवाना गरिने भएको छ । यासोक सुख्खाक्षेत्र तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिको बैठकले यस्तो निर्णय गरेको हो । काकाकुल अवस्थाको गाउँपालिकामा तमोर लिफ्ट खानेपानी योजनाको पानी बितरण सुरु भएपछि समितिले यस्तो निर्णय गरेको हो ।

खानेपानी योजनाको महसुल नबुझाउँने, पानीको पाएप व्यवस्थापन नगर्ने र पानी उपभोग गरेर पनि महसुल नबुझाउँने गतिविधि बढेको भन्दै बाध्य भएर यस्तो निणर्य गरिएको उपभोक्ता समितिका महासचिव अमरसिंह थापाले बताए ।

‘बितरण लाइनबाट पानी उपभोग नगरी गैरकानुनी रुपमा पानी चोरी गर्नेलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेका हौं' थापाले भने, लामो समयदेखि खानेपानी उपभोग गरेर महसुल नबुझाउँने उपभोक्ताहरुले मंसिर महिना भित्र बुझाए जरिवाना नलाग्ने यदि सो समयमा नबुझाए खानेपानीको लाइन काटी जरिवाना समेत लिने गरी निणर्य गरिएको उनको भनाइ छ ।

देशकै नमुना र लिफ्टिङ प्रविधिको ठुलो खानेपानी योजना संचालन गर्न चुनौति बढ्दै जानथालेपछि समिति कडाइ गर्न थालेको छ । ३ हजार ४३ घरधुरी मध्ये ९० प्रतिशत घरधुरीले तमोरको पानी उपभोग गर्दै आएका छन ।

तर खानेपानीको पाइप व्यवस्थापन नगर्ने, समयमै महसुल नबुझाउँने र खानेपानीको चोरी हुने जस्ता घट्नाहरु बढ्न थालेपछि समितिले यस्तो निणर्य गरेको हो । टोल समिति, जनप्रतिनिधि, निर्माण व्यवसायी र मुल समितिको सयुक्त बैठकले यो बिषयमा जानकारी गराएकाले भन्दै यस्तो प्रवृद्धि नियन्त्रणमा आउँने बिश्वास लिएको समितिका कार्यावाहक अध्यक्ष मेघराज निरौलाले बताए ।

उपभोक्ताहरुको जनसहभागिता अन्तरर्ग घर घरमा पु¥याएका पाइप पुर्ने काम नभएको भन्दै मंसिर १५ गते भित्र अनिवार्य व्यवस्थापन गर्ने निर्देशन दिएका छौ् सो समयमा पनि काम नगरे निणर्य बमोजिम अघि बढ्ने छौ निरौलाले भने ।

गाउँपालिका केन्द्र यासोक बजारमा उपभोक्ता समितिले महसुल संकलन गर्न कार्यालय स्थापना गरेको छ । समितिले मिटर हेर्ने गरी कुम्मायकका ४ वटा वडामा कर्मचारी नियुक्ति गरी महसुल संकलनको काम गर्दे आएको छ ।