धरान/ टिकटक प्रयोगकर्तामध्ये किशोरकिशोरीले सेयर गर्ने भिडियोहरूमा अभिभावकले निगरानी राख्नसक्ने सुविधा ल्याएको छ ।

किशोरावस्थाका प्रयोगकर्तालाई मध्यनजर गर्दै टिकटकले अभिभावकहरूले नियन्त्रण गर्न सक्ने गरी सुविधा ल्याएको हो । अब हरेक अभिभावकले किशोरकिशोरीले सेयर तथा पोष्ट गर्न लागेको कुरा हेर्न मिल्ने र त्यसलाई नियन्त्रणसमेत गर्न पाउने भएका छन् ।

टिकटकले नयाँ फिचर सार्वजनिक गर्ने क्रममा अभिभावकका लागि सुविधा उपलब्ध गराएको हो । टिकटकमा आपत्तिजनक वा गलत सामग्रीहरूलाई हेर्न र सेयर गर्नका लागि रोक्न सकिने गरी फिचर ल्याएको हो ।

प्रोफाइल पब्लिक बाट प्राइभेट गर्ने गरी दुवै सुविधा ल्याएको छ । गत फेब्रुअरीमा नै फेमिली पेयरिङ फिचरकै भागलाई प्रयोग गर्न सक्ने गरी ल्याएको हो । टिकटक अधिकांश किशोरकिशोरीले प्रयोग गर्ने गरेका छन् ।