एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit) भनिन्छ । यो अमेरिका र मेक्सिकोबाट फैलिएको उष्ण प्रदेशीय क्षेत्रमा फल्ने फल हो । यो फलको वैज्ञानिक नाम ‘पेर्से अमेरिकाना’ Persea Americana हो । सबैभन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ ।

समुद्र सतहबाट २५ सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । पर्याप्त मात्रामा स्वास्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत् वैज्ञानिकहरूले यसमा अत्यन्तै फाइदाजनक तत्व हुने बताएका छन् । नेपालका विभिन्न ठाउँमा एभोकाडो फलेको पाइए पनि मानिसहरूले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् । संसारकै फलमध्येमा धेरै पोषकतŒव भएको फलका रूपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लाहरूमा केहीवर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ । नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोलाछेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन् ।

विशेष गरेर धनकुटालगायत पहाडी जिल्लाहरूमा यसको व्यावसायिक खेती सुरु भएको छ । पाखा, खोला बगर वा काम नलाग्ने खेतमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ । नेपालका पहाड, तराई, खोंच, बेंसी, मध्यपहाड र भित्रीमधेशमा एभोकाडो फल्छ । एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको १ देखि ५ वर्षमा फल दिन सुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा दाना) फलसम्म फल्न सक्छ ।

खेती प्रविधि :
समुद्र सतहबाट २५ सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । माटोको पीएच ५.५ देखि ५.६ भएको ठाउँमा राम्रो हुन्छ । ३ फिट लम्बाइ ३ फिट चौडाइको खाडल खन्नु पर्छ ।

१ः१ को अनुपातमा बालुवा र कम्पोष्ट मल मिसाई खाडलमा बिरुवालाई सार्नु पर्दछ । बिरुवा सार्दा १० मिटरसम्मको दूरीमा रोप्नु पर्दछ । रोपेको समयमा दिनको एकपटक पानी दिनुपर्छ, बिरुवा सरी सकेपछि हप्ताको एकपटक पानी दिए हुन्छ, बिरुवा रोपेको तल तरकारी वा कोसेबाली रोप्दा माटोको उर्वराशक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ । रोग तथा किरा लागेको हाँगाहरूलाई काट्ने र हटाउने गर्नुपर्छ । बिरुवा रोपेको ३ देखि ५ वर्षमा फल फल्ने गर्छ । फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ । साउनदेखि कात्तिक मंसिरसम्म टिपिने यो फलको मुख्य सिजन भने भदौ, असोज हो ।

एभोकाडोको बजारः
एभोकाडो विदेशमा प्रतिकेजी १ हजार पर्छ भने नेपालमा एभोकाडो २ सय ५० देखि ८ सयसम्म पर्छ । सामान्यतः सिजनको सुरुमा १ सय २० देखि २ सय ५० सम्म एभाकोडोको क्वालिटी हेरेर पर्छ भने सिजन सकिँदै जाँदा मङ्सिर अन्तिमदेखि चैतसम्म त बोटै पनि ६–७ सय रुपैयाँ प्र्रतिकेजी पर्ने गर्दछ ।

एभोकाडो खानुका फाइदाः
अत्यधिक पोषक तत्वयुक्त एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तŒवहरू एभोकाडोको सिङ्गो फलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्टेरोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छन् । यसले उच्च रक्तचापलाई कम गराउँछ । पोटासियम एउटा यस्तो तŒव हो, जसले शरीरभित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ र हृदयाघात अनि मिर्गौला खराब हुनबाट समेत बचाउँछ ।

अत्यधिक पोषक तत्वयुक्तः
एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषकतŒवहरू एभोकाडोको सिङ्गो फलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्टेरोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ ।

उच्च रक्तचापलाई कम गराउँछः
पोटासियम एउटा यस्तो तत्व हो, जसले शरीरभित्रका महŒवपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ र हृदयाघात अनि मिर्गौला फेल हुनबाट समेत बचाउँछ ।

फाइबरको अधिकमात्राले तौल नियन्त्रणः
फाइबर अर्को एउटा तत्व हो, जुन एभोकाडोमा अत्यधिक मात्रामा पाइन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगरको तहलाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ ।

आँखालाई स्वस्थ राख्ने एण्टिअक्सिडेण्टः
एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरू पाइन्छन् । जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । वृद्धहरूको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् ।

क्यान्सरबाट बचाउँछः
एउटा अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्यून गराउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरूले दैनिक एभोकाडो खाए फाइदा पुग्छ ।

तौल घटाउन प्रभावकारीः
एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ । अनुसन्धानले यस्तो पत्ता लगाएको छ कि एभोकाडो खाएकाहरूलाई अरू खानेकुरा खाएका भन्दा थोरैमात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैमा थोरै खाना खाइन्छ, जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै सहयोग गर्छ ।

एभोकाडोको समस्याः
एक बोट एभोकाडोले वार्षिक २ सय किलोसम्म फल दिन्छ । मङ्सिरदेखि पाक्ने एभोकाडो एकै पटक टिप्ने बेला हुन्छ । बेलैमा टिपिएन भने अर्काे वर्ष बोटमा फलै लाग्दैन । एभोकाडोको मुख्य समस्या यही हो । यो समस्या किन मुख्य बन्यो भने एभोकाडोलाई भण्डारण गरेर राख्न सकिँदैन । नेपाली बजारमा असोज, कात्तिकमा प्रतिकिलो १ सय २० मा पाइने एभोकाडो चैततिर ६ सयदेखि ८ सयसम्म पर्छ । यो समस्याबाट छुटकारा पाउन प्रशोधन उद्योग अनिवार्य हुन आउँछ । नेपाली एभोकाडोबाट उच्च कोटीको बटर, क्रिम, जुस, चक्लेट, आइसक्रिम बनाएर निर्यात गर्न सकिन्छ । यसका लागि लगानी र प्रविधि चाहिन्छ । एभोकाडोको मात्र होइन, नेपालको समग्र कृषि क्षेत्रमा इच्छाशक्ति हुनेहरूसँग स्रोत नहुने र स्रोत हुनेहरूसँग इच्छाशक्ति नहुने समस्या छ । सरकारले इच्छाशक्ति भएका किसानहरूलाई सजिलो हुने नीति लागू गर्दा देशभर अरू बालीसँगै एभोकाडो फल्ने प्रचुर सम्भावना छ ।