धरान । धरानमा निर्माण भइरहेको धरान नाटक घरका लागि आर्थिक सहयोग जुटाउन धरान नाटक घर निर्माण उपभोक्ता समितिको आर्थिक उप–समिति गठन भएको छ ।

बुधबार धरानमा भएको एक कार्यक्रममा मिना सिङ्गकको अध्यक्षतामा आर्थिक उप–समिति गठन भएको हो । समितिको उपाध्यक्षमा निश्चल मोहन पलिखे,
सचीवमा नरेन्द्र राई, सह–सचिवमा फिरोज अलि र कोषाध्यक्षमा रेखा लिम्बू फागो चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा किशोर सम्बाहाङ्फे, दिनेश चाम्लिङ राई, भावना सुब्बा, छत्र आङ्बुहाङ लिम्बु, राजु तिम्सिना, विकास घिमिरे, शान्तिराम राई, बिष्णु मोक्तान, गेबि माया लिम्बु, तिर्थ बि.क.,सानू सुब्बा, एकराज लिम्बु,भिम पान्डे, कैलाश कार्की , नवीन रम्तेल, कमला अधिकारी, दिनेश सिङ्गक, सरोजा राई, रिचर्ड तामाङ, सरोज राई, नगेन्द्र राई, रोजन राई, मदन दुमि राई गरि २८ सदस्य चयन भएका छन् ।