धरान ।  कोरोनाको महामारीको कारण यसपाली देउसी खेल्न निषेध गरेपनि धमाधम हरेक बर्ष झैँ देउसी गीतहरु निकाल्ने क्रम यस बर्ष पनि जारी नै रहेको छ ।

यसैको भीडमा गायक मुकेश देवले तारा लक्सम लिम्बु, बिनोद खम्बु, मिना निरौला लगायतका गायक गायिकाहरु संगको सामुहिक देउसी गीत रिलिज गरेका छन् ।

"तिहारै आयो मनै रमायो" बोल रहेको गीतको लिरिकल भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

केदार धितालको शब्दमा बिनोद खम्बुको संगीत रहेको गीतमा मुकेश देव, तारा लक्सम लिम्बु, बिनोद खम्बु र  मिना निरौलाको स्वर सुन्न सकिनेछ ।