सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद दिलिप साहले अति तल्लो मानिने कथित डोम समुदायको बसोबासको निर्माणका लागि शिलान्यास गरेको हो ।

सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. ११ (बगहा) स्थित दलित आवास कार्यक्रम अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेश सांसद दिलिप साहले दलित भित्रका अति विपन्न मानिएका डोम समुदायको घर निर्माणका लागि शिलान्यास गरेको हो ।

आफुले गरेको प्रतिबद्धता स्मरण गर्दै सिरहा निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेश सांसद दिलिप साहले डोम समुदायका परिवारको लागि घर निर्माण शिलान्यास गर्नुभएको छ । यो संगै सो क्षेत्रमा ३७ जना डोम समुदायको घर निमार्ण हुने उनले जानकारी दिए ।

जिल्ला भित्र जनता आवास कार्यक्रम अन्तर्गत ४१० वटा दलितको घर निमार्ण हुने भएको छ । कार्यक्रम मार्फत ३ लाख ५० हजार प्रतिघर परिवारलाई निमार्णका लागि रुपैया दिईने उनले सांसद साहले बताए ।

अति आर्थिक विपन्नताको विच जिवनयापन गरिरहेको डोम समुदायको घर निमार्णले जिवन स्तरमा सुधार हुने सांसद साहले विश्वास व्यक्त गरेका छन ।