धरान/ १३ वर्षीय बालकले चलाएको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा उदयपुरमा एक किशोरीको ज्यान गएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१० मदन भण्डारी सडक–खण्डमा को.३९ प ९०७० नम्बरकोे स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटीमा सवार १९ वर्षीया प्रिया बुढाथोकीको ज्यान गएको हो ।
उनको उपचारको क्रममा मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । स्कुटर चालक १३ वर्षीय युनिक बुढाथोकीलाई नियन्त्रणमा लिएको जिप्रका उदयपुरले जनाएको छ ।