मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा आइतबर वडा स्वस्थ्य चौकीको भवन शिलन्यास गरिएको छ ।

आइतबार एक कार्यक्रमका बिच मिक्लाजुङ गाउँपालिका वडा नं. ८ वडाध्यक्ष नविन कार्कीले वडा स्वास्थ्य चौकीको भवन शिलन्यास गरेका हुन ।

भवनको कुल लागत ३२ लाख ६३ हजार एक सय ४१ रुपैयाँमा निर्माण हुने सो भवन ४ कोठे निमार्ण हुने छ । उत्त वडा स्वास्थ्य चौकी भवनको निर्माणको जिम्मा जन्मभूमि निर्माण सेवाले लिएको छ । गाउँमै वडा स्स्थ्य चौकी निर्माण हुने भए पछी स्थानीयमा खुसि छाएको छ ।

वडा स्वास्थ्य चौकी निर्माण स्थलमा पुगेका एक स्थानीयल सन्त निरौलाले भने पहिले नै स्वास्थ्य चौकी बनाउन पाएको भए धेरैलाई राहत पुग्ने थियो ।

तर ढिलै भए पनि गाउँमै वडा स्वास्थय चौकी बन्यो अब उपचार पाउन सजिलो हुने हुदाँ खुसी व्याक्त गरे । उक्त वडा स्वास्थ्य चौकी निमार्णका लागि स्थानीय बवित्रा बराल र राजन बरालले १.५ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका हुन ।

भवन शिलन्यास कार्यक्रममा मिक्लजुङ गाउँपालिका वडा नं. ८ का वडा सदस्यहरु र स्थानीय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।