ब्लाष्टखबर । सुनसरीमा पुन: साेमबार २४ गते देखि मंसिर ६ गते सम्मका लागी निषेधाज्ञा जारी गरेकाे छ ।
हिन्दुहरूकाे दाेस्राे ठूलाे चार्ड तिहार, छट पर्व लगायतका चार्डपर्वहरूमा हुने भिडभाडलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सुचना जारी गरी १३ दिनका लागी निषेधाज्ञा जारी गरेकाे हाे।
जिल्लामा काेराेना संक्रमितकाे संख्या बढ्दै गरेकाेले तिहारमा हुने देउसी भैलो, मेला जात्रा, भजन कृतन गर्न राेक लगाएकाे छ । साहयक प्रमुख जिल्ला अधिकारीकाे सहिछाप सहितकाे जारी गरिएकाे उक्त बिज्ञप्तीमा मन्दिर शक्तिपिठ तथा समाजमा सामुहिक पुजापाठमा समेत रोक्ने भएको छ ।