पथरी । कानेपोखरी गाउँपालिका ४ नम्बर वडा कार्यालयलले निर्वाचन भएदेखि अहिले सम्मको बार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

आइतबार वडाकार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७४/०७५ देखी २०७६/०७७ को बार्षि कार्यप्रगति विवरण तथा २०७७/०७८ को योजना, कार्यक्रमको विवरण सार्वजनिक गरेको हो । वडामा आर्थिक बर्ष २०७४/०७५ मा सिलिङ बजेट १ करोडको कार्यक्रम आएको थियो ।

त्यसपछिको आर्थिक बर्षहरुमा ६० लाखको दरले मात्र सिलिङ बजेट पालिकाबाट छुट्याउँदै आएको छ । वडामा आ.व.मा २०७६/०७७ सम्ममा २ करोड २० लाखको योजनाको काम भैसकेको छ । त्यसैगरी आर्थिक बर्ष २०७४/०७५ मा गाउँपालिकाबाट वडामा ६३ लाख ६ हजार, आर्थिक बर्ष २०७५/०७६ मा ७५ लाख १६ हजार र आर्थिक बर्ष २०७६/०७७ मा ४७ लाख ८० हजार गरी जम्मा १ करोड ८६ लाख २ हजार रकमको बजेट विनियोजन भई काम सम्पन्न भईसकेको छ ।

त्यसैगरी प्रदेश सरकारबाट अहिले सम्म जम्मा ३५ लाख र संघिय सरकारबाट जम्मा अहिले सम्म गरेर ५० लाख ४५ हजार ७ सय ६३ रुपैया वडामा कार्यक्रम तथा योजना संचालन भई काम सम्पन्न भैसकेको छ । वडाको सिलिङ बजेट, गाउँपालिका, प्रदेश सरकार र संघिय सरकार गरेर जम्मा ५ करोड ४५ लाख ४७ हजार ७ सय ६३ रुपैयाको वडामा कार्यक्रमहरु संचालन भई काम सम्पन्न भएको पत्रकार सम्मेलनमा वडाध्यक्ष धनबहादुर राईले बताए । 

त्यसैगरी आर्थिक बर्ष २०७७/०७८ को योजना तथा कार्यक्रममा पूर्वधार विकास, संघसंस्था विकास, आर्थिक र सामाजिक गरी १८ वटा योजना तथा कार्यक्रम निर्माण गरी काम सुरु गरेको वडाध्यक्ष राई बताउँछन् । पत्रकार सम्मेलनमा वडा कार्यालयबाट भएको विभिन्न प्रकारको सेवा, वडाको न्याय समितिबाट भएको न्याय सम्पादन ११ वटा सहित सार्वजनिक गरेका थिए ।

अहिले सम्म गाउँपालिकाबाट विपन्न वर्गका ४० घरपरिवारलाई खरको छानो हटाएर टिनको छानो लगाई दिएका छन् । पालिकाले वडामा सोलार टुकी, घास काट्ने मेसिन, भकारो सुधार, स्यालो ट्युवेल र वायो ग्यास जस्ता कार्यक्रमहरु विपन्न वर्गका घरपरिवारलाई दिदै आएको छ । 

वडामा वडा कार्यालय निर्माणधिन रहेको छ । त्यसैगरी १५ वेडको अस्पताल निर्माण हुन लागेको छ । त्यसैगरी वयरवन बजार–नारायण चोक कालो पत्रे सडक, हस्तिना पुर कालो पत्रे सडक, रमाइलो बजार–पिङडाँडा कालो पत्रे सडक, हस्तिनापुर–गैरीगाउँ १ नम्बरको ग्राभेल सडक, भलुवा खोलामा पुल, मुसह टोल–मिलन चोक १ नम्बर ग्राभेल लगाएतका कामहरु सम्पन्न भैसकेको छ भने केहीमा हुन बाँकी छ ।

कार्यक्रममा वडासदस्यहरु रोशन लामिछाने गुरुङ, शिव दुलाल, साउनी माझी, श्यामकुमारी वि.क. र वडासचिव गणेश प्रसाद घिमिरे लगायत उपस्थित रहेका थिए ।