धरान/ गायक राजेशपायल राई र गायिका निलम रोजु राईको ‘पूर्वै शहर’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा निलमको आफ्नै सङ्गीत छ । आलोक चाम्लिङको शब्द रहेको गीतमा ‘प्रवासको कथा’ लाई समेटिएको छ । सन्तकुमार राईले भिडियोको निर्देशन गरेका हुन् ।

भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय रहेको छ । भिडियो बेलायतका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । निर्देशकले हाल बेलायतलाई नै कर्मथलो बनाइरहेका छन् ।