यासोक/ मेगा बैङ्क नेपालको पाँचथरको कुम्मायक शाखा कार्यालयले एटिएम सेवा विस्तार गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणपछि बैङ्कमा सेवाग्राहीको सङ्ख्या बढेपछि एटिएम सेवा सञ्चालन गरेको शाखा प्रमुख छत्रपति निरौलाले बताए । दैनिक एक लाख रुपैयाँसम्म झिक्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । बैङ्कले १ हजार ६ सय खातावालालाई एटिएम सेवा उपलब्ध गराएको छ ।

बैङ्कबाट सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब वितरण हुँदै आएको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–६ र ७ का वडाबासीले पनि सोही बैङ्कबाट सेवा लिँदै आएका छन् ।