ब्लाष्टखबर । धरान उपमहानगरपालिकाकी उप–प्रमुख मञ्जु भण्डारी ( सुबेदी ) चढेकाे पजेराे दुर्घटनामा परेकाे छ ।
धरानबाट बिराटनगर तर्फ गएकाे को १ ज ७४९८ को उप–प्रमुख भण्डारी सवार पजेरोलाइ साेहि दिशामा रहकाे को १ ग ७८९१ ट्रकले ठक्कर दिएकाे छ । ट्रककाे ठक्करबाट कारकाे अगाडिकाे भागमा सामान्य क्षति भएपनि मानवीय क्षति भने नभएकाे उप–प्रमुख भण्डारीले बताएकी छिन् ।
उनका अनुसार उपमहानगरका कर्मचारीसहित विराटनगरकाे एक कार्यक्रममा जाने क्रममा खनारमा उक्त दुर्घटना भएकाे हाे ।