ब्लाष्टखबर । धरानमा आज थप ७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै धरानमा कुल संक्रमितकाे संख्या २ हजार ७ पुगेकाे छ । उपमहानगरका हाल सम्म ३२ जना काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ । 

संक्रमण पुष्टि भएकाहरू शुक्रबार र शनिबार धरान १७ स्थित एन्फा एकेडेमीकाे क्वारेन्टाइनमा गरिएकाे स्वाब संकलन गराएकाहरू रहकाे  उपमहानगरकाे स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । यसअघि हिजो साँझ पनि ९६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।