विराटनगर । मोरङको ग्रामथान गाउँपालिका – ४ मोतीपुरमा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । पोखरीमा डुबेर आमा र दुई छोरीको मृत्यु भएको हो ।

ग्रामथान – ४ मोतीपुरस्थित माइती घरमा बस्दै आएकी ३५ वर्षीया सीता अधिकारी, उनकी १४ वर्षीया छोरी पवित्रा र १० वर्षीया छोरी कृतिकाको पानीमा डुबेर मृत्यु भएको अवस्थमा शव भेटिएको इलका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए ।

घरदेखि करिब ढेड किलोमटिर दक्षिणमा रहेको माछो पोखरी तिर आइतबार दिउँसो साढे ३ बजे सीता र उनको दुई छोरी गएका थिए । एकान्त ठाउँमा रहेको माछा पोखरीमा सीताका दुई छोरी पसेका थिए । उनीहरूले लगाएको कपडा पोखरीको ढिलमा रहेको छ ।

दुई छोरी पोखरीमा डुबेपछि उद्दारका लागि आमा पसेकी थिइन् । घटनाको प्रकृति हेर्दा दुई छोरी पौडी खेल्न पसेको र आमा उद्दार गर्न पोखरीमा पसेको देखिएको प्रहरी इन्स्पेक्टर ढकालले बताए ।

‘घरदेखि दिउँसो हिडेपछि साँझसम्म घरमा सीता र छोरी नपाएपछि परिवारले खोजविन गरेका थिए,’ छिमेकी रामप्रसाद अधिकारीले भने, ‘आइतबार साँझ पोखरीमा पुगेर हेर्दा दुई छोरी र सीता डुबेको अवस्थामा शव फेला भेटियो छ ।’

करिब १० कठ्ठा क्षेत्रफलमा रहेको उक्त पोखरीको गहिरा १० देखि १५ फिटको रहेको बताइएको छ । सीताको जेठी छोरी कक्षा ६ र कान्छी छोरी कक्षामा अध्ययन गर्दै आएका थिए । स्थानियका अनुसार सीताका श्रीमान नौं वर्षयता सम्पर्क बिहीन छन् । कान्छी छोरी दुई महिनाकी हुँदा श्रीमान बेपत्ता भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् ।

प्रहरीले राति ७ बजे शव पोखरीबाट निकालेर पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल विराटनगरमा पठाएको छ । शवको प्रकृति हेर्दा पोखरीमा डुबेर मृत्यु भएको प्राराम्भिक चरणको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

स्थानियको अनुसार कान्छी छोरीले कपडा लगाएको छैन्, १४ वर्षीय छोरीले भित्री बस्त्र लगाएको अवस्थामा र आमाको शव कपडा लगाएको अवस्थामा भेटिएको थियो ।

एकै परिवारका तीनजनाको मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको मोरगं प्रहरीले जनाएको छ । 

pos matan

डुबेर मृत्यु भएको एकै परिवाको तीन जनाको कोशी अस्पतालमा पोस्माटम गरिदै ।