धरान/ धरान-२० मा पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले पहल थालेकी छिन् ।

अाइतबार बेलुका उपमेयर भण्डारीले नेपाली सेनाको टोली घटना स्थल पुगेर अस्थायी बसोवासको व्यवथामिलाएको उनले बताइन् ।

पूर्वी पृतना इटहरीबाट मेजर विनोद काफ्लेको कमाण्डमा खटिएको टोलीले अस्थायी बसोबासको लागी माछामारामा टेन्ट तयार गरेको छ । धरान–२० स्थित विष्णुपादुकाको आपटारमा पहिरोले भासिदा ७ परिवार विस्थापित भएका थिए । पहाडको एकातर्फको पाखा पुरै चिरा चिरा परेपछि स्थानीय विस्थापित भएको वडाअध्यक्ष मणीराम राईले बताए ।

उनीहरुलाई तत्काल बसोबास गर्नका लागि उपमेयर भण्डारीको पहलमा सेनाको सहयोगले अस्थायी टेन्ट बनाइएको वडाध्यक्ष राईले जानकारी दिए ।

निबार करिब १२ बजेतिर एक्कासी जमिन भासिएको थियो । जमिन भासिएपछि स्थानीयहरुले आफ्नाे सामान र बस्तुभाउलाई डाँडामा निकालेर सुरक्षित गरेका थिए ।