ब्लाष्टखबर । धरान उपमहानगरपालिका २० स्थित विष्णुपादुकामा जमिन भासिँदा ७ घर विस्थापित भएका छन् ।

लगातारकाे गयराती करिब १२ बजे एक्कासी जमिन भासिँदा विष्णुपादुका स्थित आँपटारका ७ घर विस्थापीत भएकाे वडाध्यक्ष मणीराम राईले बताएका छन् । उनका अनुसार ९ घर परिवार रहेकाे उक्त स्थानका ७ घर परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । 

लगातारकाे वर्षासंगै केहि समय अघिबाट जमिन चिरा पर्ने गरेकाे देखिएपनि यति ठूलाे रूपमा क्षति हुन सक्ने अनुमान नगरिएकाे बताउदै वडाध्यक्ष राईले भने ' मानविय नभएपनि ७ घरमा बस्न नहुने गरी क्षति पुगेकाे छ । जमिन अझै लच्किने केम जारी नै छ । खानेपानी, बाटाे, विद्युतकका पाेल र तारहरूका पनि क्षती पुगेकाे छ । सर्दु खाेलाकाे माथिल्लाे भाग धस्किएकाले र जमिन फाटेकाले बालिनाली पुरै तहसनहस भएकाे छ । ' 

जमिन भासिँदा बस्तिलाल राई, सत्यकुमार राई, सवलमान राई, रामबहादुर राई, नन्दलाल यादव र रामबहादुर राईकाे घर पूर्णरूपमा क्षति भएकाे स्थानिय प्रेम कुमार राईले बताएका छन् । घर बस्नै नहुने अवस्थामा पुगेपछि घरभित्रका सामान तथा चाैपाय शुरक्षित स्थान तर्फ सारिदै छ । 

वडाको विपद् व्यवस्थापन समितिले तत्काल गरिने सहयाेग स्वरूप विस्थापित परिवारलाई ५० केजि चामल दाल तेल नुन लगायतकाे खाद्यान्न सहयाेग गरकाे स्थानिय प्रेम कुमारले बताएका छन् । उनका अनुसार विस्तापित भएकाहरू मध्ये ५ परिवार नजिकै रहकाे फार्म संञ्चालकहरूकाे खाली घरमा रहेका छन् ।  

वडाध्यक्ष राईले विस्थापीत भएका परिवारहरूलाई कहाँ राख्ने भन्ने समस्या देखिएकाे बताउँदै, नगरस्तरीय विपद व्यवस्थापन समिति, जिल्लाको समितिसँगै विभिन्न संघसंस्थाहरुलाई सहयोग एवं राहतको लागि पहल गर्ने बताएका छन् । 

यतिबेला उप–प्रमुख मञ्जु भण्डारी (सुबेदी) सहित नगर स्तरिय विपत व्यावस्थापन समितिकाे टाेली उक्त क्षेत्रकाे निरिक्षणमा रहेकाे छ ।