ब्लाष्टखबर । लेटाङ नगरपालिका स्थित ९ नम्बर वडाको फेसबुक चोक नजिक एक घरमा आगलागी भएको छ ।
वडाकाे २९ वर्षीय दिनेश राईको दुई तले काठकाे घरमा भएकाे आगलागीमा घर भित्र रहेकाे अनाज, लत्ताकपडा, कागजपत्र, सुन चादि तथा भाडार्वतन सहित घर पूर्ण जल्दा करिब ५० लाख बराबरकाे क्षति भएकाे इलाका प्रहरी कार्यालय लेटाङले जनाएकाे छ ।
कार्यलयका अनुसार विहान करिव ९ बजे विद्युत सट भई भएकाे आगलागी स्थानिय, दमकल तथा अस्थाइ प्रहरी चाैकी जातेबाट खटिएका ५ र इप्रका लेटङबाट खटिएका ११ प्रहरीकाे टाेलिले करीब १ घण्टापछि नियन्त्रणमा लिइएकाे थियाे ।