धरान । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: नियुक्तीका माग गर्दै आज बिहीबार पनि धरानमा प्रदर्शन भएको छ ।

धरान–८ का युवाहरुको स्वतन्त्र समूहले र्याली सहित भानुचोकमा प्रदर्शन गरेका हुन् । धरान–८का राजन तामाङको नेतृत्वमा प्रदर्शनमा उत्रिएका युवाहरुले धरानको भोटेपुलबाट भानुचोकसम्म ¥याली प्रदर्शन गरेपछि भानुचोकमा कोणसभा आयोजना गरेका थिए ।

उनीहरुले प्लेकार्ड प्रदर्शन गर्दै कुलमानलाई पुनः नियुक्तीको माग गरेका थिए । प्लेकार्डमा ‘नातावाद कृपावाद किन’, ‘कुलमान घिसिङ हाईहाई’ जस्ता नारा लेखिएका थिए । प्रदर्शनको नेतृत्व गर्ने राजन तामाङले कुलमानले लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाएकाले उनी पुनः कार्यकारी निर्देशकमा दोहोरीनु पर्ने माग गरेको बताए ।

कुलमानको कार्यकाल समाप्त भएपछि उनलाई दोहोर्याउनु पर्ने माग गर्दै सामाजिक सञ्जालमा आवाज उठिरहेको छ भने र देशका विभिन्न ठाउँमा प्रदर्शन भईरहेका छन् । धरानमा हिजो पनि प्रदर्शन भएको थियो ।