बिराटनगर/ सुनसरी र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर १ बालिकासहित २ जनाको मृत्यु भएको छ ।

बुधवार दिउँसो ३ बजेको समयमा घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका-८ की १० बर्षीया नन्दनी ऋषिदेव पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखि तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का ५५ बर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ । बुधवार साँझ पौने ७ बजेको समयमा घरबाट बिरेन्द्रबजार तर्फ जाँदै गर्दा बिच बाटोमा रहेको धपड खोला तर्ने क्रममा अचानक खोलाको बाढीले बगाएर बेपत्ता भएका मगरलाई खोजतलास गर्ने क्रममा आज बिहान साँढे ९ बजे बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला पारिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।