विजयपुर । लोक–लक्ष्मी स्मृती प्रतिष्ठानले यातायात मजदुरहरुलाई विहिबारदेखि १ महिनासम्म १ छाक खाना खुवाउने भएको छ ।

प्रतिष्ठानको प्रायोजन, धरान उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखाको संस्थागत सहयोगमा यातायात मजदुरहरुलाई खाना खुवाउने बुधवार धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

लोक–लक्ष्मी प्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद श्रेष्ठले प्रतिष्ठान सम्बन्धि जानकारी दिएका थिए । उनले आफ्ना बुवाले धेरै सामाजिक कार्य गरेकाले आफुुले निरन्तरता दिदै आएको बताए । सुरेन्द्रप्रसाद श्रेष्ठका पिता लक्ष्मीप्रसाद श्रेष्ठ र माता लोककुमारी श्रेष्ठको नाममा स्थापना गरेको प्रतिष्ठान हो । 

धरान नगरप्रमुख तिलक राईले पहिलेदेखि तयारी रहेकाले बिहीबारदेखि खाना वितरण गरिने बताए । उनले बिहीबारदेखि सवारी साधन चलेपनि सबै श्रमिकले रोजगारी नपाउने हुनाले खाना खुवाउन लागिएको बताए । उपप्रमुख मञ्जू भण्डारीले गाडी चलेपनि तत्काल सबै श्रमिकले काम नपाउने अवस्था रहेको बताइन् । खाना विहानको ११ देखि १२ बजेसम्म सभागृहमा वितरण गरिने भएको छ ।