ब्लाष्टखबर । कुलमान घिसिङको समर्थनमा साझा विवेकशील पार्टीको युवा संगठन साझा युवाले विराटचौकमा प्रर्दशन गरेकाे छ ।

मंगलबार ४ वर्षे कार्यकाल पुरा गरी बिदाइ भएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङको समर्थनमा साझा युवाले बुधबार शान्तिपूर्ण प्रदर्शन गरेकाे छ ।

४० भन्दा बढी युवाहरू सहभागी रहेको उक्त प्रदर्शनमा पाललाई लोडसेडिङमुक्त गराएका घिसिङलाई निरन्तरता नदिइएको भन्दै सरकारको विरोध गरेका थिए ।