धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मुत्यु हुनेमा सप्तरीको खडक न.पा ३ का ३५ बर्षीय पुरुषको बुधबार बिहान ६ः१० बजे बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट भदौ ३० गते बीपी प्रष्तिठानमा रिफर गरिएको थियो ।

मृतकलाई दीर्घ रोग मृगौलाको समस्या भएर बिगत १ बर्ष देखि हप्तामा २ पटक Dialysis हुने गरेको र उच्च रक्तचापको समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

मृतक शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।