बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीमा एक युवतीको नाङ्गो शव फेला परेको छ ।
शनिबार विहान करिब साढे सात बजे बराहक्षेत्र–९ को धरहरा टपन स्थित नदीमा अन्दाजी १८-२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन जस्तो अनुहार भएकी युवतीको शव भेटिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।
शरिरमा कपडा नलगाएको, अन्दाजी ५ फिट उचाई भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको शव भेटिएपनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शवलाई हाल धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । शव पहिचान भए खबर गरिदिन प्रहरीले आग्रह गरेको छ ।