धरान/ लामो समयदेखि ओछ्यानमा थलिएका धरान–१५ का पुन्य प्याकुरेललाई कतारमा काम गर्ने धरान–१६ का एक युवाले खाद्यान्न तथा नगद सहयोग गरेका छन् ।

उनले ती असक्त प्याकुरेलका लागि नगद २० हजार पठाइदिएका थिए । त्यसको ५० केजी चामल, १ कार्टन खाने तेल २० केजी दाल, हर्लिक्स, भिभा, लुगाधुने सावुन, सरफ, १ं१ दर्जन बिस्कुटलगाएत अन्य खाद्यान्न र छोराछोरीहरुको लागि कपडा गरि १५ हजार बराबरको समान र नगद ५००० हजार शुक्रबार प्याकुरेलको घर मै पुगेर वितरण गरिएको छ ।

त्यसको व्यवस्थापन नेपाल यातायात मजदुर संगठन प्रदेश १ का उपाध्यक्ष रविन अधिकारी र नेकपा धरान उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदीले गरेका थिए । संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया, युवा व्यवसायी दिपक बनेपाली, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देबेन्द्र कार्की, मजदुर संगठनका नगर अध्यक्ष कमल भट्टराईलगायतको टोली घरमा पुगेर उक्त सामान वितरण गरेकाका छन् ।

सोही अवसरमा व्यवसायी सुप्रिया माझी९बनेपाली०ले पनि प्याकुरेलका एक छोरा र छोरीका लागि दशैका कपडा वितरण गरेकी छन् । ती कतारमा चर्को घाममा श्रम गरेर २र४ पैसा कमाएर असक्त गरिव र दीनहिनलाई सहयोग गरेको विषयमा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाले उनको सहयोगबारे सबै बेलिविस्तार गरे पनि सहयोगी दाताका नाम खोलेनन् ।

कारण ती युवाले आफ्नो प्रचार गर्न नचाहेका रहेछन् । भिडियो कलमा यस्ता समस्यामा परेका अरुलाई पनि कतारमा बस्ने साथीहरुको सहकार्यमा सहयोग पठाउने अर्को वाचा गरे तर नाम सार्वजनिक गर्न भने मानेनन् ।

sahayog sahayog1 1