पथरीशनिश्चरे/ युवाहरुको सहकार्यमा मोरङको पथरी शनिश्चरे १० मा खडा भएको समस्यामा परेकाहरुलाई खाद्यान्न जम्मा गर्ने ‘फुड बैंक’ मा देश विदेशबाट दैनिक सहयोग जुटिरहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन जारी बन्दाबन्दी (लकडाउन) का समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न सहयोगका १० नम्वर वडा कार्यालय अगाडि खडा भएको ‘फुड बैंक’ भदौ १२ बाट सञ्चालनमा आयो । उद्घाटनको दिन १ सय ८५ परिवारले खाद्यान्न लगेका थिए । बैंकमा भदौ १८ सम्ममा ३ हजार ५ सय किलोग्राम चामल, १ सय १५ किलोग्राम दाल, १ सय ८५ लिटर तेल, १ सय ६५ किलोग्राम नून र ६ बोरा सोयाबिन जम्मा भएको थियो ।

जसमा, १ हजार ३ सय घर परिवारलाई खाद्यान्न सहयोग प्रदान गरियो । सो अभियान वडा वडामा खाद्यान्न पुर्याउनेसम्मको काममा पुग्यो । जसमा, वडा नम्वर ९ मा ९१, ८ मा १ सय ७१, ६ मा १ सय ५६, ४ र १० मा २ सय ७८ परिवारलाई खाद्यान्न प्रदान भएको अभियानका संयोजक प्रदीपकुमार राईले सुनाए ।

गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैंक’ स्थापना गरिएको हो । जुन अभियान देखेर देश विदेशमा रहनेले नगद तथा खाद्यान्न सामग्री उपलब्ध गराउने क्रम चलिरहेको छ । लकडाउनका कारण समस्यामा परेका नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ५ किलोग्राम चामल, आधा केजी दाल, आधा लिटर खाने तेल र नून सहितको प्याकेट उपलब्ध गराइएको छ ।

‘हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने नाराका साथ अभियानमा युवाहरु जुटेका छन् । यसखाले सहयोगको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको अभियानका सदस्य सुमन कुरुम्बाङले जनाए । उनले भने ‘सक्नेले सहयोग गर्ने र नसक्नेले सहयोग लिएर जाने अवधारणामा यो बेला साँच्चै नै चुल्हो बल्न समस्या भएकालाई हामीले सहयोग पुर्याउने काम थालेका हौं ।’

प्रदेश १ की सांसद कृष्णकुमारी राईको अगुवाईमा ६ सय ७५ केजी चामल संकलन गरी बैंकमा प्रदान भएको छ । पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले १ सय २५ केजी चामल, वडा नम्वर १ की जुनी थपलियाले चामल, दाल, तेल, नून र सोयाबिन समेत गरी १८ हजार रुपैयाँ बराबरका खाद्यान्न सामग्री उपलब्ध गराएकी छन् ।

हाल कोरियामा रहेका युवराज राईबाट १० हजार नगद, डेबिड राइ हाङग्रिम र अमेरिकाबाट छोरा आयन हाङग्रिम सहितले ४ सय १६ केजी चामल, अमेरिकामा रहेका गुलसन थुलुङ राईको परिवारबाट ३० किलो दाल र ५० केजी चामल उपलब्ध भएको छ । अमेरिकामा रहेकी अश्मिया छेत्रीले १० हजार ५ सय ६४, अस्ट्रेलियाका रेस्टुरेन्ट ब्वयसायी विशाल कार्कीले ८ हजार ५७, दुबइमा रहेकी अरुणा राइबाट ८ हजार, इजरायलमा रहेका शम्भु दाहालबाट ५ हजार, युएइमा रहेका अरुण बस्नेतबाट ५ हजार नगद प्राप्त भएको छ । अमेरिकामा रहेका सञ्जय राइबाट १ सय केजी चामल, १ कार्टुन तेल, १५ केजी दाल सहयोग प्रदान भएको छ । अमेरिकामा रहेका डिल्लिमान बस्नेतले २ सय केजी चामल र २० केजी नुन, अमेरिकामा रहने गोपी गजमेर र मुना वाग्लेले ३ सय केजी चामल,

स्थानीय अन्नपूर्ण माद्यामिक विधालयबाट ३ सय केजी चामल, होटेल पुर्बेलीका संचालक मनोज भट्टराई र नितन कार्कीद्वारा १ सय केजी चामल र ७ सय ५० थान सर्जिकल मास्क, कान्तिपुर भेटेरिनरीका संचालक पथरी जेसीजका जनसम्पर्क अधिकारी नारायण गुरागाइबाट ५ हजार नगद प्रदान भएको छ । स्थानीय एकराज दुलालबाट २ सय केजी चामल , २ कार्टुन तेल , ५० केजी दाल , ५० केजी नुन, लायन्स क्लब अफ पथरी योङ हर्टका अध्यक्ष प्रदिप फुयालबाट १ सय केजी चामल, खेलाडी सुजन लिम्बुबाट ५ हजार, कानेपोखरी फुड बैंकका संयोजक, रमाइलो जेसीजका सस्थापक अध्यक्ष हिमप्रसाद तिम्सिनाबाट १ सय ४ केजी चामल प्रदान भएको छ ।

सडक बिभागका इन्जिनियर अनुप साउदेनबाट ५ हजार, शिक्षक रुद्रप्रसाद अधिकारीबाट ५ हजार, समाजसेवी प्रेम ढकालबाट रु २ हजार ५ सय, शिक्षक कृष्ण कार्कीबाट ५० केजी चामल , १० पोका तेल र १० प्याकेट नुन, शान्ति सामुदायिक बनका अध्यक्ष केवी गुरुङबाट ५० केजी चामल, सर्मिला राइबाट ५० केजी चामल र २० केजी दाल, दिनेश कार्कीबाट ५० केजी चामल, १ कार्टुन तेल र ४ केजी दाल, भिम श्रेष्ठ र उनकी श्रीमती पूजना लिम्बुबाट ५० केजी चामल, ५० केजी नुन प्राप्त भएको छ ।

हेरिका निर्माण सेवाका संचालक रोहित बास्तोला, महेश कार्की र राजु लिम्बुबाट १ सय ५० केजी चामल, शंकर ज्वेलर्सकी हिमा कार्कीबाट १ सय केजी चामल र १० केजी दाल, रमेश राइबाट ५० केजी चामल, १५ केजी दाल, १० पोका तेल र ५ प्याकेट नुन, बिष्ट कृषि फर्मवाट ५० केजी चामल, संचारकर्मी गोपाल काफ्लेबाट एक बोरा चामल, प्रदान भएको छ ।

पथरी जेसीजका पूर्व अध्यक्ष मानबहादुर दियालीबाट १ सय केजी चामल, बाल नमुना विधालयबाट १ सय केजी चामल र २५ केजी दाल चितवनकी शान्ता रानाबाट ३ हजार नगद, स्थानीय टिका तामाङबाट ५० केजी चामल, रेबिता कस्मेटिककी रेबिता कुरुम्बाङबाट २५ केजी चामल र एक कार्टुल तेल, शिक्षक भूमिका सुब्बाबाट ५० केजी चामल, उर्लाबारीका बिष्णु श्रेष्ठबाट रु १ हजार नगद, स्थानीय धनमाया शेर्माबाट ५ केजी दाल र १० केजी नुन सहयोग उपलब्ध भएको छ ।

सहयोग सुरुवातका क्रममा, भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति पथरीशनिश्चरेले ५ सय केजी चामल, ५० केजी दाल र ५० लिटर खानेतेल उपलब्ध गराएको छ । १० नम्वरका वडाध्यक्ष सागर राई, इश्वर फार्मेसीका इश्वरी सापकोटा, समाजसेवी नाम्येहङ राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य र वल्र्डलिंकका राजन तिम्सिनाले १,१ सय केजी चामल प्रदान गरेका छन् ।

त्यसैगरी, ७ नम्वर वडासदस्य काँशीराज राई, शिक्षक भुवन पिठाकोटे, सञ्जय राईबाट ५०,५० केजी चामल प्रदान भएको छ । क्यापरोज मन्टेश्वरीकी शर्मिला वाइवाले ५० केजी चामल र २० केजी दाल, पथरी जेसीजकी लक्ष्मी भट्टराईले ५० केजी चामल र ५० वटा साबुन प्राप्त भएको उल्लेख छ । लेटाङस्थित जाँतेकी सपना राईले ५० केजी चामल र १० लिटर तेल उपलब्ध गराएकी छन् ।

त्यस्तै हालसम्म सहयोग गर्नेहरुमा, अमेरिकामा रहेका अशोक राईले १० हजार, जापानमा रहेका गणेश पिठाकोटे मगर र श्रीमती इन्दिरा पिठाकोटे मगरले १ सय केजी चामल उपलब्ध गराएका छन् । क्यानाडाका मनिष सम्वाहाम्फेबाट १ सय केजी चामल, १ काटन तेल र ५ केजी दाल, पारुहाङ ग्रिलका रविन राईबाट १ सय केजी चामल, जापानका मिनिधिङ थक्लुङबाट ५० केजी चामल उपलब्ध भएको छ ।

१० नम्बर वडाको शाशिष चर्चले १ सय केजी चामल, मगर लाफा नामक संस्थाले १ सय केजी चामल उपलब्ध गराएको छ । पथरीशनिश्चरेका प्राविधिक कृष्ण कोइराला र दीपक आचार्यले १ सय १ सय केजी चामल उपलब्ध गराएका छन् । सरोबर विल्डर्सका सरोज दहालबाट २ सय केजी चामल, प्रहरी जवान राकेश झाबाट १ सय ११ केजी चामल, होटल व्यवसायी प्रेम तामाङबाट १ सय केजी चामल उपलब्ध भएको छ ।

यसका साथै उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले सो अभियानमा खट्नेहरुका लागि ३ सय थान मास्क उपलब्ध गराएको छ । कोरोनाको जोखिमबाट बच्ने सन्दर्भमा १० नम्वर वडा कार्यालयले वडास्थित ‘प्रहरीको साथी म’ र फुड बैंकमा खटिने स्वमयसेवकहरुका लागि शुक्रबार निःशुल्क बिमा गरिदिएको छ । साथै ‘फुड बैंक’को व्यवस्थापनमा पनि सघाएको छ ।