विजयपुर/ जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा विजय रामको रहश्यमय मृत्यु भएपछि मृतकका परिवारलाई क्षेतिपुर्ती र दोसिलाई कार्वाहीको माग गर्दै अनसनमा वसेका पुर्व मन्त्रि विशेन्द्र पासवानलाई प्रहरीले जबरजस्ती रातको १२ बजे नियन्त्रणमा लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान ल्याएको छ ।

विजय रामको रहश्यमय मृत्यु भएपछि मन्त्रि पासवान सहित पुर्व संसद तथा राष्ट्रिय सभा सदस्य रामप्रित पासवान र भिम पैकरा अनसनमा बस्दै आएका थिए । ३ जना मध्ये उनलाई कुनै जानकारी विना रातको १२ बजे जबरजस्ती ७०÷८० जना प्रहरीले नियन्त्रण लिएर प्रष्ठिान लिएको मन्त्रि पासवानले वताएका छन । उनले भने, अनसन तोडाउनका लागि प्रतिष्ठानमा ल्याइएको हो । उनी भन्छन् , ‘अनसन तोडाएर आन्दोलनलाई फितलो बनाउने र हत्यारालाई उन्मुतिm दिने रणनिती हो ।’ पासवानले २०७२ मा स्वास्थ्य तथा वातावरण मन्त्रालय समालेका थिए ।

प्रहरी सिभिलमा आएर सुतेकै स्थानमा मुख छोपेको मन्त्री पासवानका छोरा ज्ञान बहादुर पासवानले बताएका छन । उनले भने, प्रहरी कार्यालय भित्र लगेर एक्कासी एम्बुलेन्समा हालेर यहाँ लिएको छन किन हो ? अहिलेसम्म केहि थाहा छैन ब्लाष्टकर्मीसँग भने ।

उनलाई ९९ डिग्री ज्वरो भएकोले कोरोना लागेको भनेर प्रतिष्ठानको इमेरजेन्सीबाट बाहिर निकालिएको छ । बाबालाई अहिले कोरोना लाग्यो भनेर कोरेन्टाइनमा राख्ने तयारी हुँदै गरेको उनका छोरा ज्ञान कुमार पासवानले बताएका छन् । मन्त्रि पासवानले भने यो भन्दा १२ दिन अगाडी मात्र उनले पिसिआर टेष्ट गर्दा नेगेटिभ आएको बताएका छन । उनले अहले पनि आफु स्वस्थ रहेको पनि ब्लाष्टकर्मीलाई फोन सम्पर्कमा बताएका छन् ।

बहुजन शत्ति पार्टीको युवा संगठन भिम आर्मीका केन्द्रिय अध्यक्षले जवर रामले भने पुर्वमन्त्री पासवानलाई कोरोना लाग्यो भनेर मार्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । रौतहटको गरुडा नगरपालिका–८ बस्ने २० वर्षका निरञ्जन रामको हत्या आरोपमा नियन्त्रणमा लिइएका विजय रामको सोधपुछका क्रममा मृत्यु भएको प्रहरीले बताउदै आएको छ ।

त्यो घट्नालाई लिएर अनसान र निरन्तर आन्दोलन भईरहेको छ । मृतकका आफन्तहरूले भने प्रहरीकोे कुटपिट र यातनाले विजयको मिर्गौला बिग्रिन पुग्दा मृत्यु भएको दावी गर्दै आएका छन् । हत्या आरोपमा नियन्त्रणमा लिएका आरोपीको सोधपुछ गर्ने क्रममा थुनामै मृत्यु भएको घटनामा संलग्न रौतहटका एक प्रहरी अधिकृतसहित तीन प्रहरीलाई निलम्बन गरिएको छ ।

प्रहरी हिरासत मै संकास्पद रुपमा मृत्यु हुनेको संङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ । पछिल्लो घट्नामा जिल्ला कारागार मोरङमा रहेका वर्ष २६ का युवा निराजन यादव, धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमै मृत्यु भएको थियो ।

यसरी प्रहरी हिरासत मै असुरक्षित भएपछि सर्वसाधरणको प्रहरी माथिको विस्वास पनि घट्दै गएको छ । यसले सिङ्गो प्रहरी संगठन माथी नै संका उत्पन्न हुन थालेको छ ।मन्त्री पासवानसँगै आएको प्रहरीलाई यस विषयमा बुझ्न खोज्दा प्रहरी बोल्न नमिल्ने वताएको छ ।