बराहक्षेत्र/ संस्कार र संस्कृति शिरोधार्यकालागी बौद्ध धर्मालम्बि र स्थानिय सबै धर्म मान्नेहरु सामुहिक रुपमा बुधवार बुद्धको साकु (मुर्ति) स्थापना संगै गुम्बा उद्धघाटन गरेका छन् । रोग, भोगबाट कसैलाई समस्या ननिम्तियोस तथा बिश्व सान्तिको कामना गर्दै पुजाँ अर्चना उठानगरी बराहक्षेत्र वडा नं. ७ बुद्धचौकमा लामा (पन्डित) बिधि अनुसार लामा बेदबाट मुर्ति जगाएका हुन् ।

साकु भनेको “सा” बाट माटो र “कु” बाट भगवान भन्ने गरेकोले बौद्धधर्मालम्बिले साकु स्थापना गरेको मानिन्छ । बुद्ध भगवान साक्षात्कार प्रतिष्ठितकालागी बौद्ध धर्मालम्बिको संस्कार अनुसार बिधिवत पुजाँमा फलफुल, कोकोम्हेन्दो, खादा, दुची (मार्चा, आइरक, केम), धुपी, छुमार, बोधिचि, म्हार जस्ता पवित्र बस्तुहरु चढाएको लामा ग्याल्छो मोक्तानले बताए । भगवानबुद्धले पुर्णिमाकै दिन ज्ञान अर्जनगरी मानव कल्याणहेतु समर्पण गर्नुभएकोले बुधवार पुर्णिमाको अवसरपारी आफ्नै भेषभुषा पहिरन लगाएर उद्धघाटन गरेको लामा मोक्तानले बताए ।

डम्फु, टुङना, बिनायो, मुर्चुङ्गा, बोम्बोले, ढ्याङग्रो, ढोल, झ्याली बजाएर गुम्बामा भगवान बुद्धको वास गराएको लामा मोक्तानको भनाइ रहेको छ । बिषेशगरी लोहसार, बुद्ध जयन्ति, दशैमा सामुहिक पुजाँ अचर्ना गर्ने परम्परा रहेको छ । निर्माणगरेको गुम्बाबाट लामा (पुरोहित) उत्पादन गर्ने समेत योजना रहेको रिन्छिन छ्योअी बौद्धिष्ट गुम्बा समितिले जनाएको छ । लामा उत्पादनले बौद्ध धर्मको बिधिबिधान नयाँ पुस्तामा हस्तान्तरण हुने समितिका पदाधिकारीहरुले बिश्वास ब्यक्त गरेका छन् । बौद्धधर्मालम्बिहरुले बुद्धलाई भगवान गुरुको रुपमा पुज्ने गर्दछ । बुद्धलाई बोधिसत्वको रुपमा मान्दछ । बुद्धलाई अलौकिक शक्तिको रुपमा मान्दछन् ।

वडाअध्यक्ष बिरबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रम गर्दै बुद्धको साकु (मुर्ति) स्थापना गरेको छ । गुम्बाकालागी वडा तथा नगरपालिकाबाट आगामी दिनमा सहयोग रहने वडाअध्यक्ष लिम्बुले प्रतिबद्धता गरेको छ । १ कठ्ठा १० धुरमा दुइतले भवन निर्माणगरी दोस्रो तल्लामा बुद्ध भगवानको साकु ९मुर्ति० संगै तिन मुर्ति स्थापना गरेको हो ।

साकु (मुर्ति)मा चेमरेसी र गुरु रेम्बोछे रहेको छ । मुर्ति निर्माण ग्याल्चो लामाले योगदान गरेको छ । जग्गाकालागी दुइधुर भने दानमा उपलब्ध गराएको छ । गुम्बा ५५ लाखको लागतमा निर्माण गरेको गुम्बा समितिले जनाएको छ । बराहक्षेत्र नगरपालिकाबाट रु ८ लाख, वडा नं. ७ बाट २ लाख, सांसद कोषबाट ५ लाख लगायत ब्यक्ति तथा देउसी भैलोबाट रकम संकलनगरी निर्माण गरेको समितिका अध्यक्ष गंगाबहादुर तामाङले जानकारी दिए ।

गुम्बामा कुनै किसिमको भेदभाव नहुने, सबैलाई सम्मान रुपले हेर्ने धर्मको रुपमा रहेकोले स्थापनार्थ सबैबाट साथ र सहयोग पाएको समितिका सचिव निरकुमार तामाङ रामजीले बताए । शान्तिको कामना गर्दै गुम्बा स्थापनाले सबैको भलोहुने स्थानियहरुले बिश्वास लिएका छन् । यसबाट पर्यटन प्रवद्धनमा भुमिका खेल्ने समेत उपस्थित अतिथीहरुले बताएका छन् ।

बराहक्षेत्र धार्मिक पर्यटनको सम्भावना बोकेकोले गुम्बा सो को प्रतिनिधित्व तथा भुमिका खेल्ने भएकोले स्थानियतहबाट उचित सहयोग प्रदान हुनुपर्ने सुझाव बिरेन्द्र कुमार अधिकारी, मोहन मोक्तान, उपाध्यक्ष वेदबहादुर तामाङ, सहसचिव सबु तामाङले ब्यक्त गरेका हुन् ।

gumba2 gumba1 gumba 1