ब्लाष्टखबर । कोरोना सङ्क्रमणबाट बिहीबार ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ जिल्लाका ४ महिला र २ पुरुष गरी ६ कोरोना संक्रमितको मृत्यु भएको हो । जसमध्ये रुपन्देहीमा ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ भने चितवनमा ४० वर्षीया, भक्तपुरमा ४० वर्षीया, तनहुँमा ९२ वर्षीया महिला र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ सय ५७ पुगेको छ।

नेपालमा कोरोना संक्रमितको मृत्युदुर शून्य दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।