ब्लाष्टखबर । धरान ८ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
तिनकुने स्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस अगाडी इटहरीबाट धरान तर्फ आउँदै गरेको को ८ प ९३०२ नम्बरको मोटरसाईकलको ठक्करबाट एक बृद्धा महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी गराएको छ ।
कार्यालयका अनुसार गय राति अन्दाजी ७: ३० बजे धरान १७ का ३० वर्षीय राम पौडेलले चलाएको उक्त मोटरसाइकलले अन्दाजि ७५ वर्षी बृद्धालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा गयराती करीब ९ बजे मृत्यु भएको हो ।
दुर्घटनापछि मोटरसाइकल र चालक पौडेललाई नियन्त्रण्मा लिई सवारी ज्यान मुद्धामा अनुसन्धान भइरहको कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन । रातो लुङी र रातो चोली लगाएकी मृतकको पहिचान नखुलेकोले पहिचान गर्नुहुनेले कार्यालयमा सम्पर्क राखी पहिचान गर्न सहयाेग गरिदिन डिएसपी बस्नेतले आग्रह गरेका छन् ।