ताप्लेजुङ/ फुङलिङ-१० बस्ने ३० बर्षीया दुर्गा बिष्ट भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ ।

हिजो अपरान्ह पौने ५ बजे घर बाहिर रहेको अवस्थामा चट्याङले लागेर घाईते भएकी भट्टराईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा राती सवा ८ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।