बेलबारी/ बेलबारी-९ नलबारीको चौधरी टोलमा अनौठो बाछो जन्मीएको छ ।

मंगलबार बिहान दुखीलाल चौधरीको गाईले जन्माएको उक्त बाछो हेर्न बिहानैदेखि भिड लागेको छ ।

उक्त बाछोको अनुहार अनुहार मान्छेको अनुहारसँग मिल्दोजुल्दो देखिने भएकोले हेर्नेको भिड भएको स्थानीय चक्र भण्डारी बताउँछन् ।

शरीर गाईको जस्तो र टाउको भने मान्छेको जस्तो देखिने यस प्रकारको अनौठो बाछो यस अघि कहीँ कतै नदेखेको र नसुनेको भण्डारी बताउँछन् ।