- अनिल श्रेष्ठ
विराटनगर / विराटनगर महानगरपालिका भित्र थपिएको संक्रमितको संख्या प्रदेश सरकार र महानगरपालिकाको अभिखेलमा नमिल्ने गरेको पाइएको छ ।
आइतबार विराटनगर भित्र थपिएको संक्रमित महानगरपालिका र सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको संक्रमितको संख्या फरक पाइएको हो । यसअघि पनि दैनिक जसो संक्रमितको संख्यामा फरक–फरक आउने गरेको छ ।
विराटनगर महानगरपाकिाले आइतबार १८ पुरुष र १७ महिला गरि ३५ संक्रमित थपिएको अभिलेख सार्वजानिक गरेको छ । सामाजिक विकास मन्त्रालयले २१ पुरुष २१ महिला गरि ४२ जना संक्रमित उल्लेख छ गरेको छ । शनिबार पनि विराटनगर महानगरपालिको विराटनगरमा २५ जना संक्रमित भएको अभिलेख सार्वजानिक गरेको छ । सोही दिन सामाजिक विकास मन्त्रालयले विराटनगरमा २१ जना मात्र संक्रमित थपिएको अभिलेखमा देखिन्छ ।
मृत्यु हुने संक्रमितको संख्या पनि नमिल्ने गरेको पाइएको छ । महानगरपालिकाले आइतबारसम्म ९ जनाको कारोनाको कारण मृत्यु भएको उल्लेख गरेको छ भने मन्त्रालयले १२ जनाको मृत्यु भएको तथ्याङ्गमा देखिन्छ ।
विराटनगर महानगरपालिको स्वास्थ्य निरीक्षक राजेन्द्र कुइकेलका अनुसार ल्याबबाट ढिलो गरि रिर्पोट आउने भएकोले संक्रमितको संख्यामा तलमाथि हुन सक्ने बताए । ‘हामीलाई ल्याब र मन्त्रालयबाट ढिलो गरि संक्रमितको रिपोट आउने गरेको छ,’ उनले भने, ‘त्यही भएर पनि संक्रमितको संख्यामा तलमाथि भएको हुनसक्छ ।’ मृत्यु भएको हकमा स्थायी ठेगना भएकोलाई मात्र विराटनगरमा राख्ने भएकोले अहिलेसम्म ९ जना संक्रमितको मृत्यु भएको महानगरपालिकाले जनाएको छ ।
‘विराटनगरमा ८ मा यसअघि मृत्यु भएको कारोना संक्रमितको स्थाइ ठेगना मोरङको कटहरी हो,’ महानगरपालिकाले भन्यो, ‘प्रदेश सरकाले ती मृत्यु भएको पुरुषको ठेगना विराटनगरमा उल्लेख गरेको छ । यी यस्तै कारणले तलमाथि भएको हुनसक्छ ।’
कारोनाले ज्यान गुमाउने प्रदेशमा २३ पुग्यो
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार वराटनगरमा १२ सहित प्रदेश १ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जसमध्ये ९ जना प्रदेश २ का रहेका छन् । २३ जना प्रदेश १ का रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ का मृत्यु हुनेमा १७ पुरुष र पाँच जना महिला छन् । सुनसरीमा २ जना महिलासहित तीन जना पुरुष गरि पाँच जना, झापाको दमकमा १ पुरुष, मोरङको पथरीका १, बुढीगंगा गाउँपालिका २, रंगेली र सुनवर्षी नगरपालिकाका १/१ जनाको मृत्यु भएको छ ।