धरान / प्रदेश नं.१ मा आज शनिबार १ सय १२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेश नं.१ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार आज सबैभन्दा बढी मोरङमा ४७ जना थपिएका छन् भने सुनसरीमा २४, झापामा १९ , धनकुटामा र सङ्खुवासभामा २ जना थपिएका छन् । त्यस्तै सङ्क्रमित मध्ये प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका मध्ये मोरङको विराटनगरका महिला १० र पुरुष ११ गरी जम्मा २१ जना, कटहरीमा ६ महिला र ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, दुहवीमा ३ महिला र ६ पुरुष, धरानमा २ महिला र ४ पुरुषमा सङ्क्रमण देखिएको छ । झापाको दमकमा ७ महिला र ९ पुरुष, झापा गाउँपालिकामा १ महिला र २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला र १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश नं.१ मा हालसम्म कोरोना सङ्क्रमितको संख्या ३ हजार २१६ पुगेको छ ।

प्रदेश नं.१ मा आज ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ । त्यसैगरी प्रदेश १ मा आज १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।