पथरीशनिश्चरे / मोरङको पथरी शनिश्चरेमा पछिल्लो पटक समुदायका ३ सहित ७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
शनिबार आएको पीसीआर परीक्षणको रिपोर्टमा क्वारेन्टिनमा रहेका ४ जनामा र समुदायका ३ जना गरी ७ जना युवा अवस्थाका पुरुषमा कोरोना पोजेटिभ देखा परेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताए ।
नगरको क्वारेन्टिनमा रहेका ५ र समुदायका २५ गरी ३० जनाको स्वाब परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशाला पठाइएको थियो । संक्रमण देखिएका सवैलाई गोठगाउँको कोभिड अस्पतालमा लगिने छ ।
नगर प्रमुख दिलीपकुमार राईले संक्रमितको संख्या बढेकाले जारी लकडाउनलाई नगरवासीले पूर्णरुपमा पालना गरी स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेका छन् । यसअघि ८ जनामा संक्रमण देखिएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् ।