धनकुटा / धनकुटामा जारी निषेधाज्ञा आगामी भाद्र १७ गतेसम्म थपिएको छ ।
जिल्ला स्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति (डिसीसीएमसी) धनकुटाको बिहीबार बसेको बैठकले सो निणय गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी विमलीले जिल्लामा कोरोना संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरि परिक्षण गर्ने काम भइरहेकाले समुदाय स्तरमा नफैलिओस् भनेर निशेधाज्ञा गर्नु परेको जानकारी दिए । उनले जिल्लाका छिमेकी जिल्लाहरुमा पनि कोभिड १९ समुदायस्तरमा फैलिरहेकोले पनि निशेधाज्ञा लम्ब्याउनु परेको बताए ।

जिल्लामा निषेधाज्ञा थप गरिएको भएपनि बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सबै प्रकारका पसल स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खोल्न पाइने निर्णय जिल्ला स्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिले गरेको छ । यसअघि भने सो समयमा खाद्यान्न र तरकारीका पसल मात्रै खोल्न पाइने गरेको थियो ।