इनरुवा / गत शनिवार नेकपाको विवाद समाधानका लागि बनेको कार्यदलले दुइृ अध्यक्ष केपी ओली र प्रचण्डलाई १७ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा नेता वयवस्थापनका लागि केही केन्द्रका मन्त्री र प्रदेशका मुख्यमन्त्रीहरु हेरफेर गर्न सुझाएको थियो । प्रदेश १ शेरधन राई, ३ का डोरमणी पौडेल र र ५ का शकर मुख्यमन्त्री हेरफेरबारे मिडियामा सार्वजनिक भए पछि कार्यकर्ताहरमाटिका टिप्पणी शुरु भएको छ । हटाउन हुने र नहुने विषयमा छलफल र गुटगत भेलाहरु नै हुन थालेको बताइएको छ ।
यस्तै सुनसरीमा जिल्लामा रहेका मन्त्री, सांसद, मेयर, उपमेयरलाई पूर्वएमालेका नाममा गुट भेला गरी पार्टी विरोधी गतिविधि गरिएको भन्दैं नेकपा जिल्ला कमिटीले विज्ञप्ति ने जारी गर्न बाध्य भएको छ ।
नेकपा सुनसरीका तर्फबाट सोमबार जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल र सचिव रमेशकुमार बस्नेतले एक विज्ञप्ती जारी गर्दै सरकारी निषेधित क्षेत्रको बिचमा पार्टीको विधि र पद्धती उल्लंघन हुने गरी गुटगत क्रियाकलाप गरेको भन्दै त्यस्ता गतिविधी जिल्लामा नगर्न भनिएको छ ।

'पार्टीका विभिन्न कमिटीमा आवद्ध नेता, कार्यकर्ता तथा सार्वजनिक पद धारणा गरेका जनप्रतिनिधिहरुले पार्टीको एकतामा आँच पु¥याउँदै कुनै निश्चित नेतृत्वको पक्षमा सडकमा नारा लगाउने, पूर्व पार्टीको नाममा गुटगत भेला गरी पार्टीका कतिपय कमिटी र नेताहरुको मानमर्दन गर्ने गतिविधि स्विकार्य हुँदैन ।’–जारी विज्ञप्तिमा भनिएको छ ।
२०७५ जेठ ३ गते भएको पार्टी एकताका कार्यभार पुरा गर्नु पर्ने समयमा लामो लकडाउनको कारण सम्पन्न हुन नसकिरहेको र सर्वसाधारणको दैनिक क्रियाकलापसमेत बन्दाबन्दी रहेको अवस्थामा केन्द्रीय सदस्य, मन्त्री, सांसद, मेयर, उपमेयर, प्रदेश तथा जिल्ला सदस्यहरु निषेधाज्ञाको उल्लंघन गर्दै पार्टी विरोधी गुटगत भेलामा सहभागी प्रति गम्भीर ध्यानाकर्षणभएकाे विज्ञप्तिमा भनिएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्ने गरी नेकपाको स्थायी कमिटीले कार्यदल बनाएसँगै सहमतिको लागि प्रदेश एकको सरकार परिवर्तन हुने हल्ला बाहिर आए पछि पूर्वएमालेमा रहेका केही नेताहरुले सुनसरीको रामधुनी नगरपालिका २ स्थित शिवनगरमा भेला आयोजना गरिउको बताइएको छ । सोही विषयलाई लिएर नेकपा जिल्ला नेतृत्वले विज्ञप्ति जारी गरि पार्टी पंक्ति एक डिक्का हुन आव्हानसहित नेता तथा कार्यकर्ताहरुलाई सचेत गराएको छ ।

केही दिन अघि ओली  निकट पूर्व नेकपा एमालेबाट निर्वाचित प्रदेश १ का मन्त्री, सांसदहरु, केही पालिकाका मेयर उपमेयर,जिल्ला नेता, प्रदेश नेताहरुको भेलामा सहभागिता रहेको बताइएको छ ।

118428735_335442530836052_1275413958995635600_n