काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल शुरु गरिएको छ । लामो समयदेखि नेकपामा देखिएको विवाद समाधानका लागि बनेको कार्यदलले दिएको प्रतिवेदनको विषयमा छलफलका लागि प्रचण्डा बालुवाटार पुगेका छन् ।
प्रतिवेलनमा सुझाए अनुसार मन्त्री र मुख्यमन्त्री हेरफेर र नेता व्यवस्थापनबारे छलफल भइरहेको श्रोतले बताएको छ ।


नेकपाको आन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते शनिवार १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा समाधानका लागि सुझाव समेत प्रस्तुत गरिएको कार्यदलका एक सदस्यले बताएका छन् । प्रधानमन्त्र िओली सरकार केन्द्रीत र प्रचण्डपार्टी केन्द्रीत भएर सरकार पार्टीलाई मजबुदबनाएर लान सुझाइएको छ । आन्तरिक नेता व्यवस्थापनका लागि केन्द्र तथा प्रदेश मन्त्री मुख्यमन्त्री हेरफेर गर्न समेत प्रतिवेदनले सुझाव दिएको छ ।

आजको दुई अध्यक्षको छलफलपछि उक्त प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लैजाने बताइएको छ ।