इनरुवा । सुनसरीमा आज १९ जना संक्रमित थपिएका छन् । साँझ प्राप्त रिपोर्ट अनुसार सुनसरीको गढी गाउँपालिकामा ७ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी बर्जुमा ५ जना थपिएका छन् भने दुहवी र धरानमा ३-३ जना थपिदा इटहरीमा १ जना थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । नयाँ थपिएको संख्या सहित सुनसरीमा कुल संक्रमितको संख्या ४ सय ५२ पुगेको छ ।

धरानका संक्रमितहरू मध्याे २ जना धरान १७ की संक्रमित ३५ बर्षीय आमा र १४ बर्षीय छोरी रहेका छन् । अर्का १ जना भने धरान १६ का ३० वर्षीय भारतिय सैनिक रहकाे धरान उपमहानागरका स्वास्थ माहशाखा प्रमुख उमेश मेहताले बताएका छन् । मेहता का अनुसार भारतिय सैनिक महेन्द्रनगरकाे नाका हुँदै एन्फा क्वारेन्टाइनमा आइ हाेटल आइसाेलेशनमा बस्दै आएका थिए ।