ब्लाष्टखबर । धरानमा थप १ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका ८ का ६८ बर्षीय पुरूष रहेका छन् ।
वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे हेल्प डेक्समा स्वाब संकलन गराएका उनमा साउन २९ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
संक्रमित पुष्टि भएसंगै ३० गते प्रतिष्ठानकाे काेभिड –१९ अस्पतालमा उपचाररत उनकाे आज साझ ६:३५ बजे मृत्यु भएकाे प्रतिष्ठान प्रवक्ता डा. निदेश सापकाेटाले जानकारी गराएका छन् ।
अत्याधिक खाेकी, स्वास् प्रस्वासकाे तथा ज्वराे आउने समस्या भएका मृतक उच्च रक्तचाप, मधुमेह, स्वासप्रस्वासका दिर्घराेगी रहकाे सापकाेटाले जानकारी गराएका छन् । उनलाई केहीदिन अघि प्लाज्मा थेरापी गरिएको थियो । शुरुमा केही सुधार आएको थियो । फेरी हिजोदेखि उनको स्वास्थयमा गम्भीर समस्या आएको चिकित्सकहरुले बताएका थिए ।
मृतक धरान १५ का प्रतिष्ठित हाडवेयर व्यावसायी रहेकाे उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । याेसंगै धरानका काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ ।