धरान । भारतको बिहार राज्यमा विधानसभाको चुनाव हुनुअगावै महागठबन्धनलाई गम्भीर झट्का लागेको छ ।

हिन्दुस्तान आवाम मोर्चा (हम) ले स्वस्फूर्त रूपमा  महागठबन्धनबाट अलग भएको घोषणा गरेसँगै महागठबन्धनलाई विधानसभा पूर्व नै झट्का लागेको हो । यसअघि जनता दल युनाइटेड (जेडियु) लाई पनि गम्भीर धक्का लागेको थियो ।

जितन राम माँझीको पार्टी हमको सचिवालय कमिटीले महागठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो । जितनरामको पार्टी पुनः जेडियुसँग जोडिन सक्ने अनुमान लगाइदै छ । हमले जेडियुसँग पछिल्लो केही महिना यतादेखि गठबन्धन गर्ने विषयमा व्यापक छलफल चलाउँदै आइरहेको बुझिएको छ । जेडियुले भने हम पार्टी आफ्नो पार्टीमा विलय भएको हेर्न चाहन्छन् । यदि यस्तो नभएमा हमलाई सूरतमा केही सिट दिएर पनि सम्झौता गर्ने तयारी थालिएको बुझिएको छ ।

बिहीबार हमको सचिवालय टिमले महागठबन्धनबाट अलग हुने फैसला गरेकाे छ । तर, हालसम्म जेडियुसँग गठजोड गरिसकेको अवस्था छैन । लालुप्रसाद यादवका सम्धी चन्द्रिका रायसहित आरजेडीका तीन विधायक जेडियुमा सहभागी बनेका छन् । राष्ट्रिय जनता दल (राजद) लाई पनि उस्तै गरी झट्का लागेको छ ।