ब्लाष्टखबर । झापा गाउँपालिकामा खाेलाले बगाएर बेपत्ता भएका बालक मृत फेला परेका छन् ।
गाउँपालिकाकाे सानो माई खोलाले बगाएर बेपत्ता भएका वडानम्बर २ का बर्षीय राजु भण्डारी मृत फेला परेका हुन् । बुधबार ६ बजे पाैडि खेल्ने क्रममा खाेलाले बगाएर बेपत्ता भएका भण्डारीकाे शव आज बिहान साँढे ६ बजे बगाएको स्थान भन्दा करिव ५० मिटर दक्षिणमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
कार्यलयका अनुसार घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेकाे छ ।