धरान / नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र जिल्ला गरी तीनै तहका फागुन ३ गते निर्वाचन गर्ने मिति तोकेको छ । कोरोना महामारीका कारण तोकिएको समयमा निर्वाचन गर्ने अवस्था नभएका कारण महासङ्घले अहिलेकै कार्य समितिहरुको म्याद थपेर फागुनामा निर्वाचन गनेृ निर्णय गरेको हो ।
आज बसेको भर्चुअल राष्ट्रिय भेलाले यस्तो निर्णय गरेको हो । सदस्यता नविकरणको समय भदौ मसान्तसम्म थपिएको छ । भेलाले मंसिरभित्र जिल्ला, पुसमा प्रदेश र माघमा केन्द्रीय साधारणसभा गर्ने पनि निर्णय गरेको छ ।
राष्ट्रिय भेलाले २०७७ सालको सदस्यता नवीकरण शुल्क मिनाह गर्ने निर्णय समेत गरेको छ । महासंघले पत्रकार निस्काशन गर्ने र बिदामा राख्ने कार्यको विरोध गरेको छ । सबै पत्रकारको पीसीआर परीक्षण गराउन पहल गर्ने र श्रमजिवी पत्रकार र सञ्चारमाध्यमका लागि राहत प्याकेज ल्याउन संघ, प्रदेश र सथानीय सरकारसँग माग गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।
भेलामा महासंघको केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश अध्यक्ष, शाखाका अध्यक्ष, एसोसिएट र प्रतिष्ठान शाखाका अध्यक्षको सहभागिता थियो महास्ंघले जनाएको छ ।