धरान/ प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा फोनवार्ता भएको छ ।

नेपाल–भारत सीमा विवादसँगै लामो समय दुवै देशका प्रधानमन्त्रीबीच संवाद भएको थिएन ।

प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मोदीको छिमेक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्विपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएका थिए ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीले भारतलाई सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएकोमा बधाईसमेत दिए ।

दुई प्रधानमन्त्रीबीच कोरोना सङ्क्रमणका विषयमा सँगै मिलेर काम गर्ने विषयमा पनि छलफल भएको छ ।