धरान / महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियुको नाम प्रयोग गरेर अस्पतालजस्ता सम्बेदनशिल ठाउँमा हुलदंगा गरिएको भन्दैं अनेरास्ववियु महेन्द्र क्याम्पस धरानले आपत्ति जनाएको छ ।
धरान उपमहानगरपालिकाले भदौं ३ गतेसम्म लकडाउन गरिएको समयमा नेपाली कांग्रेसको भातृसंगठन तरुण दल र नेविसंघले गरेको आन्दोलनमा महेन्द्र क्याम्पसको गरिमामय संस्था स्ववियुको भूमीका देखिएको भन्दैं स्ववियुको भूमिकाबारे प्रष्ट पार्न विहीबार जारी जारी गरिएको विज्ञप्तिमा भनिएको छ । साविक अनेरोस्ववियुका अध्यक्ष सुजन खत्री र अखिल क्रान्तिकारीका अध्यक्ष रविन श्रेष्ठले सयुक्त विज्ञप्ति जारी गरि आपत्ति जनाएका हुन ।
क्याम्पसको विद्यार्थीको हकहितका लागि स्थापित विद्यार्थीहरुको गरिमय संस्थाको नाम एउटा पार्टीको आन्दोलनमा लगेर जोड्नु शोभनिय नभएको अनेरास्ववियुका अध्यक्ष सुजन खत्रीले बताए । ‘स्ववियुले आफ्नो क्याम्पसको विद्यार्थी हकहित र क्याम्पसको वेथितिबारे बोल्ने हो । अन्य संस्थाको विषयमा हाम्रो क्याम्पसको गौरवशाली संगठनको नाम कसरी जोडियो ? यस विषयमा नेतृत्वले जवाफ दिनका लागि हामी आग्रह गर्दछौं । ’–अध्यक्ष खत्रीले भने ।
विभिन्न भाग राखेर तरुण दल र स्ववियुको नाममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन भइरहेको छ ।