विराटनगर । मोरङमा २४ सहित प्रदेश १ मा ४८ जना कोरोना संक्रमित थपिएका छन् । ३८ पुरूष र १० जना महिला बुधबार प्रदेश १ मा नयाँ संक्रमित थपिएका हुन् ।

मोरङको विराटनगरमा १२ जना पुरूष संक्रमित पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै रंगेलीमा ६ पुरुष र तीन महिला गरि ९, वबियाविर्तामा १ र गुल्ममा २ जनामा संक्रमण देखिएको छ ।

यस्तै सुनसरीमा १४ जना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । धरानमा ५ पुरुष ४ महिला, दुहबीमा ३ पुरुष र कोशीमा २ पुरुषमा संक्रमण देखिएको छ । झापामा ६ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ । झापाको भद्रपुरमा ३ पुरुष र मेचीनगरमा ३ पुरुष ३ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।