धरान / संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्ज नेपालले वि‍स १८३१ साल साउन २२ गतेको दिन सम्पन्न गोर्खा–लिम्बुवान सन्धीलाई पुनस् नविकरण गरी लिम्बुवान स्वायत्त प्रान्त कायम गर्नमाग गरेको छ ।

बिहीबार धरानस्थित इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई सन्धीको स्मरण गराउँदै लिम्बुवान जिल्ला अध्यक्ष अमर इजम लिम्बु, जिल्ला सचिव निर्मल राईले प्रमुख चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन ।

राजा महेन्द्रले लिम्बुवान विरोधी तत्वहरुको उक्साहटमा २०२५ साल कार्तिक ९ गते किपट अधिकार अन्त्य गर्ने ऐन ल्याएर सन्धी समाप्त गरेको र गोर्खालीहरु नेपाल एकात्मकरण गर्ने क्रममा १८३१ मा लिम्बुवानको सिमाना अरुण नदीमा युद्ध हुँदा ठूलो क्षति भएपछी गोर्खाली नेपाल अन्तर्गत अधिकार सम्पन्न लिम्बुवान स्वायत्त प्रान्त रहने शर्तमा १८३१ साउन २२ गते लालमोहरको नामबाट बहुचर्चित गोर्खाली र लिम्बुवान बिच सन्धि भएको प्रान्तिय महासचिव अशोक चेम्जोङ र जिल्ला अध्यक्ष इजमद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

यसरी साउन २२ गतेको ऐतिहासिक दिनको सन्धिलाई गणतान्त्रिक सिंहदरबारले पनि सदर गर्नु पर्ने उनीहरुको माग रहेको छ । त्यसो नभए नभए भविष्यमा अनेकौ राजनैतिक, कानुनी समस्याहरु आउने पत्रमा भनिएको छ ।